काठमाडौं- ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यकृया सफल भएको छ ।
गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा. जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईलेको ९ घण्टा लगाएर गरिएको शल्यकृया सफलतापूर्वक सम्पन्न भएको हो ।
म्याग्दी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो । उहाँलाई २० वर्ष अघि नै हात्तीपाइलेको समस्या देखिएको थियो । प्रा.डा. श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यकृया भएको जानकारी दिनुभयो । उहाँले अप्रेसनका लागि ९ घण्टा समय लागेको बताउनुभयो ।
डा. श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा. समित शर्मा सहितको टोलीले ती युवकको शल्यकृया गर्नुभएको हो । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. श्रेष्ठले बताउनु भयो । युवकलाई बुधवार डिस्चार्ज गरिएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.