२५ साउन २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बर्दिया- बर्दियाको गुलरिया नगरपालिका—१० रत्नापुरमा च्याउ खाँदा ६ जना बिरामी परेका छन् ।
स्थानीय राम नरेश रैदासले गाउँ नजिक रहेको बगैंचाबाट ल्याएको च्याउ खाँदा स्वास्थ्य स्थिति बिग्रेपछि अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदिपराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी पर्नेमा गुलरिया–१० का शत्रुधन रैदास, सोही पालिका—११ का सन्दिप रैदास, सुन्दरी रैदास, सोही पालिका—४ की श्रृयाकुमारी रैदास, फूलकुमारी रैदास र गुलरिया—७ कि निशाकुमारी रैदास च्याउ खाएर बिरामी परेका हुन् ।
उनीहरुको गुलरिया अस्पतालमा उपचार भइरहेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?