२६ साउन २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
आज शुक्रवारको बैठकको शुरुमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए । एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरूले अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका थिए । सत्तापक्षमा सांसदहरू उठेपछि एमालेका सांसदहरूले बेल घेराउ गर्दै सरकार र सत्तापक्षविरुद्ध नाराबाजी गरे ।
एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब अर्को बैठक आउँदो सोमवार दिउँसो १ बजे बस्नेछ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?