काठमाडौं- कांग्रेस सांसद सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा पक्राउ परेपछि कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्यो ।
संसदको जारी गतिरोध र विधेयकलगायत विषयमा छलफल गर्न भनी बोलाइएको बैठक सुनील शर्मा पक्राउ प्रकरणमा केन्द्रित रह्यो ।
बैठकमा बोल्ने अधिकांस सांसदहरूले शर्मा पक्राउको विरोध गरेका छन् । सभापति शेरबहादुर देउवापत्नी तथा कांग्रेस सांसद डा.आरजु राणा देउवाले सरकारको कार्यशैलीलाई लिएर आक्रोश पोखेकी छन् ।
उनले सरकार पाकिस्तानी मोडलमा गएको उनको टिप्पणी छ । उनले भारत र पाकिस्तानमा सरकारले विपक्षीका स्क्यान्डल खोजी खोजी फसाउने र त्यो विपक्षी सत्ता आएपछि उसले बदला लिने गरेको देखिएको भन्दै अहिलेको सरकार पनि त्यस्तै मोडलमा गएको बताइन् ।
उनले अहिले कांग्रेस नेताहरूलाई छानीछानी पक्राउ गरिएको बताइन् । उनले आफ्नो नक्कली अडियो खडा गरी चरित्र हत्या गरिएको समेत स्मरण गराउँदै यो विषयमा सोच्नुपर्ने बेला आएको बताइन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.