सङ्खुवासभा- सङ्खुवासभा जिल्ला कारागारमा दुई जना कैदीको ज्यान गएको घटनामा अनुसन्धान शुरु भएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान शुरु भएको हो ।
सङ्खुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको अस्ति बुधवार कारगारभित्रै ज्यान गएको थियो । उनीहरूको कुटपिटबाट ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० विरेन्द्र गोदारले बताउनुभयो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको छ ।
घटनामा प्रहरीको समेत संलग्नता देखिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ । यस्तै गृह मन्त्रालयले पनि कारागार व्यवस्थापन विभागका निर्देशक एवम् प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेर मन्त्रालयको टोली घटनास्थल पुगेको छ ।