२७ साउन २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनकपुरधाम- धनुषामा अवैध बालुवा उत्खनन गर्ने दुई ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गए राति पौने १२ बजेको समयमा मिथिला नगरपालिका वडा नं.१० स्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ज.१ त ७८७७ र ज.१ त ५९८८ को ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ट्र्याक्टरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?