२७ साउन २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे लाउडरहिलमा शुरु हुनेछ ।
पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिज २–१ ले अगाडि छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ भने पराजित हुँदा शृङ्खला २–२ को बराबरी हुनेछ ।
शृङ्खला जोगाइराख्न भारतलाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो ।
तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । यी दुई देशबीचको पाँचौँ तथा अन्तिम टी–२० भोलि हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाहुना टोली भारतले २–१ ले जितेको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?