काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले संसद अवरोध नगरेको प्रस्टिकरण दिएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले निश्पक्ष छानबिन आयोग गर्न किन नहुने भन्दै प्रश्नसमेत गरे । साथै उनले तस्करीको सुनमा सरकारको संलग्नता नभए किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्न गरे ।
‘सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो रु सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ रु हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । बहलवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने ओलीको माग छ ।
‘एसपीको नेतृत्वमा छानबिन गर्दा एसएसपीले यसो नगर्नु भनेपछि गर्न सक्दैन । गोल्डेन टच पो भयो यो त । ब्रेक सु छोयो अर्को छोयो सुन भन्सारबाट जे ल्याउँदा पनि सुन यस्तो अवस्थामा देश छ’, ओलीको भनाइ छ ।
उनले संसद अवरोध हुन नहुने र एमालेले नभई सत्तापक्षले नै संसद अवरोध गरेको बताए । ‘संसद अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । गर्ने परिस्थित ल्याउनै हुँदैन’, ओलीले भने, ‘संसद देश र जनताका काम गर्ने थलो हो निर्वाध गर्नुपर्छ । संसद निदाएर र सुतेर बस्ने ठाउँ होइन । देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले गम्भीरताका साथ लिनुपर्छ र स्वस्थ बहसमा आउनुपर्छ ।’
उनले संसदमा प्रतिपक्ष बोल्न उठ्ने वित्तिकै सत्तापक्ष उठेर होहल्ला गर्ने बोल्नै नदिने गरेको समेत बताए । ‘देशको शासकीय प्रशासकीय संरचनामा प्रहार भइरहेको छ । एक दिनमा एउटा नाकाबाट सय किलो सुन पास भइरहेको छ । अनि यो कुराको चुस्की लिने विषय र पार्टीगत पक्षधरताको कुरा हो रु तसर्थ संसद अवरोध हामीले गरेको होइन । राजश्व किन उठ्दैन रु भन्सारबाट कारोबार नै हुँदैन अन्तैबाट कारोबार भइरहेको छ’, ओलीको भनाइ छ ।
उनले चुरोट भनेर ल्याउने त्यो सुन हुने गरेको भन्दै कांग्रेस सांसद सुनील शर्माले बोल्दा उनलाई नै पक्राउ गरेर मुख थुन्ने प्रयास गरिएको आरोप लगाए ।