काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ ।
आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो । उहाँले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिनुभयो ।
अध्यक्ष ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोर्याउनुभयो । जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्न अफ्ठ्यारो लाग्नुपर्ने होइन ? ओलीको सञ्चारकर्मी सामु प्रतिप्रश्न थियो ।
ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भिर भएर अघि बढ्नुपर्ने समेत बताउनुभयो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.