२९ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको पनि सबै ढोका खोलिएको छ।
ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ३६ वटै ढोका खोलिएको नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ब्यारेजमा अहिले २ लाख ८३ हजार क्युसेक पानी प्रवाह भइरहेको छ ।
गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?