२९ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० वटा लघुजलविद्युत् आयोजनाको मर्मतसम्भार गरेको छ।
जीर्ण आयोजना मर्मत भएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ।
ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका मन्त्रालयको ऊर्जा शाखाका इञ्जिनियर जीवन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रदेशमा झण्डै चार सय लघु जलविद्युत् आयोजना छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् तीन सय ७१ र बाँकी अरु संस्थाले निर्माण गरेका आयोजना छन् । सौर्य ऊर्जा र लघु जलविद्युतबाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?