काठमाडौँ- नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन जोख्ने पत्र पठाएको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले सीआईबीबाट पत्र आएको रातोपाटीलाई जानकारी दिएका हुन् ।
यससँगै, २७ दिन अघि सिनामङ्गलबाट समातिएको सुनको परिमाण जोख्ने प्रक्रिया अघि बढेको हो । आचार्यले सीआईबीबाट पत्र आएपछि प्रक्रिया अघि बढ्ने क्रममा रहे पनि राजश्व अनुसन्धान विभागको पत्रको पखाईमा रहेको जानकारी दिए ।
उनले सीआईबीबाट पत्र आएपनि राजश्वबाट समेत आउनुपर्ने रातोपाटीलाई बताए । त्यसपछि १०० किलो परिमाणमा रहेको भनिएको सुनको आधिकारिक परिमाण पत्ता लाग्नेछ ।
तर, यसका लागि एक हप्तासम्मको समय लाग्न सक्ने महाशाखाले जनाएको छ । आजदेखि सुन जोख्ने र गाल्ने प्रक्रिया अघि बढेमा आगामी २ दिनसम्म सुन गाल्नै लाग्ने र त्यसपछिको समय सुन जोख्न लाग्ने महाशाखाको भनाई छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.