२९ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ । मन्त्री बस्नेत र संयोजक सिंगरबीच सोमबार स्वास्थ्य मन्त्रालयमा भेटघाटका भएको हो ।
भेटका क्रममा उनीहरुबीच नेपालको स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको थियो । छलफलमा संयोजक हन्नाले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता जनाएकी छन् ।
छलफलमा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य जारी रहने सिंगरको प्रतिबद्धताप्रति धन्यवाद दिएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?