२९ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विराटनगर- कोशी प्रदेशको प्रदेशसभा बैठक साउन १ गतेका लागि आव्हान गरिएको छ। असार १५ गतेदेखि स्थगित रहेको प्रदेशसभा साउन १ गते शुक्रबार दिनको १ बजे आव्हान गरिएको प्रदेशसभा सचिवालयले सूचनामार्फत जानकारी दिएको छ।
मिति २०८०-०३-१५ गतेका दिन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक मिति २०८० साल भाद्र ०१ गते शुक्रबार दिनको १:०० बजे कोशी प्रदेश सभा हल, विराटनगरमा बस्ने भएकोले कोशी प्रदेश सभा नियावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ। प्रदेशसभा सचिवालयबाट जारी सूचनामा उल्लेख छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?