काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग छलफल गर्दै छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरुसँग छलफल गर्न भन्दै उनले बालुवाटार बोलाएका हुन् ।
छलफलका लागि प्रधानमन्त्रीले सोमबार दिउँसो २ बजेलाई बोलाएको भएपनि अब केही बेरमा छलफल सुरु हुने महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । खासगरी लगानीकर्ताको मनोबल खस्केको, मागमा तीव्र कमी आएको तथा ब्याजदर बढेका कारण व्यवसाय गर्न असजिलो भएको गुनासो निजी क्षेत्रले गर्दै आएको छ । यसअघि गत शुक्रबार प्रधानमन्त्रीले छलफलका लागि निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएका थिए । तर प्रधानमन्त्री उपत्यकाबाहिर जानुपर्ने भएपछि बैठक हुन सकेको थिएन ।
निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री डा। प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी हुने बालुवाटार स्रोतले जानकारी दियो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.