२९ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सोमबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर तिरेर सुन ल्याउन दिनुपर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए ।
हाल नेपालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत दैनिक १० किलो सुन बजारमा पठाउने गरेको छ । व्यवसायीहरुले यति सुनले आन्तरिक माग पनि नधान्ने भन्दै कोटा बढाउन माग गर्दै आइरहेका छन् ।
देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिएमा तस्करी नियन्त्रण हुने धारणा राखेका ती नेताले बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?