३० साउन २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ- दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।
वनबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको बङ्गलाचुली गाउँपालिका-४ का मैकुटीका ३१ वर्षीय अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार बिरामी परेका हुन् । च्याए खाएपछि उनीहरुलाई बान्ता हुने, चक्कर लाग्ने र पखाला लाग्ने भएको थियो ।
उनीहरुलाई बङ्गलाचुली अस्पतालमा प्राथमिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?