३० साउन २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनकपुरधाम- भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ की २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा नगरपालिका १७ की ३० वर्षीया नमिमा खातुन छन् । उनी दुवै जना सिरहा नगरपालिका १४ खिरौनाबाट पक्राउ परेकी हुन् ।
प्रहरी चौकी खिरौनाका प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादवको टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा लागूऔषधसहित दुवै महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकी चौधरीले बोकेको ह्यण्ड ब्यागबाट नाईट्रोभेट १० लेखिएको २० पता (६०० पिस ट्याब्लेट) र अर्की महिला खातुनको साथबाट ३१ हजार ५०० सय रुपैयाँ बरामद भएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?