३१ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेका छन् ।
प्रहरी प्रवक्ता, नायब महानिरीक्षक कुबेर कडायतले उनीहरुलाई काठमाडौँका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको थाहाखबरलाई जानकारी दिए।
उनका अनुसार पक्राउ परेका मध्ये २ जना भने नेपालबाट चीन जान लागेका बेला पक्राउ गरिएको हो । उनीमाथि आजै म्याद थप गरेर अनुसन्धान थालिने पनि उनले बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?