चितवन- लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज पहिलो साता फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । हाउसका महाप्रबन्धक हरि कार्कीले बुधबार चितवनमा पत्रकारहरु संग कुराकानी गर्दै अवार्डको तयारी तीब्र पारिएको जानकारी दिए ।
अवार्डको कार्यक्रममा २४ बिधामा कलाकारहरुलाई सम्मान गर्ने जानकारी कार्कीले दिए । उनले भने “असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौं । मिति कलाकारहरु सँग बसेर तय गर्ने छांै, छिट्टै मिति घोषणा हुन्छ ।” चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीब्र बनाएको छ ।
बिभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया गर्ने र भेटघाटका कार्यक्रमहरु अघि वढि रहेको कार्कीले जानकारी दिए । उनले भने “अहिले नोमिनेसको काम तीब्र वनाएका छौं, चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिनेछ । ’
बि. सं २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रबर्धनका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।