मुगु- विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्कर बाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्ड अन्र्तगत नाग्म गमगढी सडक २४ घण्टापछि सञ्चालनमा आएको छ ।
मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले मंगलबारबाट विरोध गर्दै अएका थिए । तर, बुधबार भने स्थानीय र मृतकका आफन्तले दिनभरी नै सडक अवरुद्ध गरे ।
मृतकको उपचारमा लागेको खर्च १८ लाख रुपैयाँ प्राधिकरणको तर्फबाट दावासिंह जे.भी र गाडि समितीले आधा आधा रकम तिर्ने, मृतकको बालबच्चाको भरण पोषणको लागि ५ लाख राहत दिने, जेभीले मृतकको अन्तिम संस्कारको लागि ९० हजार उपलब्ध गराउने तथा परिवारको एक सदस्यलाई नेपाल विद्युत प्राधिकरणको कर्मचारीमा नियुक्ति गर्ने लगायतका विषयमा सम्झौता भएपछि २४ घण्टापछि बन्द सडक खुलाइएको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय दामोदर प्रसाद आचार्याले जानकारी दिए ।
गत साउन १४ गते कनकासुन्दरी– २ मालिकावोता देउतीमाडुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनको काम गरिरहेका ४१ वर्षीय स्थानीय कर्णबहादुर रावतलाई तिव्र गतिमा आएको ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए । उनको भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो ।