३२ साउन २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार (आज) रामेछापको दोरम्बा गएका छन् ।
दोरम्बा स्मृति दिवस र पार्टीका अन्य गतिविधिमा सरिक हुन दाहाल रामेछाप गएको उनको सचिवालयले जनाएको छ । तत्कालीन सरकार र नेकपा (माओवादी)बीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो। दोस्रो युद्धविरामकै समयमा साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो ।
सोहि दिनको सम्झनामा नेकपा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ। प्रधानमन्त्री दाहालले दोरम्बामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर जिल्लाका अन्य राजनीतिक गतिविधिमा पनि सरिक हुने बताइएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?