३२ साउन २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आउँदो अक्टोबररनोभेम्बरमा हुने एकदिवसीय विश्व कप गुमाउने भएका छन् ।
इङ्ल्यान्डका छनोटकर्ता ल्युक राइटले आर्चर भारतमा हुने विश्व कपमा वैकल्पिक खेलाडीको रुपमा रहने जनाएका छन् ।
इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्व कप उपाधि जिताउन आर्चरले शानदार प्रदर्शन गरेका थिए । आर्चर लामो समयपछि गएको जुनमा टोलीमा फर्किएका थिए । दायाँ हातको कुइनोमा चोट लागेपछि उनी डेढ वर्ष मैदान बाहिर थिए ।
आर्चरले गएको मार्चमा बङ्गलादेशसँगको एकदिवसीय र टी–२० शृङ्खला खेलेका थिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?