संखुवासभा-जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी र कैदीको संलग्नताले देखिएको छ। जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी र कैदीको संलग्नताले देखिएको छ। दुई कैदीको हत्यामा कारागार सुरक्षामा खटिएका प्रहरी र कैदीको समेत संलग्नताले देखिएको छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले बताए।
कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको छानबिन समितिका संयोजक पाण्डेले बताए।
कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र ७ कैदीको समेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए। अनुसन्धानपछि केन्द्रीय छानबिन समितिले भोलि (शुक्रबार) कारागार घटनाको प्रतिवेदन गृहमन्त्रालयमा बुझाउने तयारी भएको संयोजक पाण्डेले बताए।
घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीसहित केही प्रहरी र ७ कैदी देखिएको संयोजक पाण्डेले बताए। कैदी मृत्यु प्रकरण मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरीसहित केही प्रहरी र चौकीदारसहितका कैदी माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
घटना पछि गृहमन्त्रालयले कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय टोली अनुसन्धानका लागि गत शुक्रबार संखुवासभामा पठाएको थियो।
कैदी मृत्यु प्रकरण मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरीलाई आइतबार पक्राउ गरिएको हो। आइतबार पक्राउ परेका चौधरीलाई ५ दिन म्याद थप र कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो।
प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन। घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौसल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका अधिकृत भोगेन्द्र श्रेष्ठ रहेका थिए। घटना लगत्तै अनुसन्धानका लागि केन्द्रीय छानबिन समितिको टोली गत शुक्रबार संखुवासभा आइपुगेको थियो।
घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोसी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवी कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापासहितको ३ जनाको टोली पनि संखुवासभा आएको थियो। २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन्।