काठमाडौं- राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताएका हुन्।
उनले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताए। अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उनले जोड दिए।
उनले जथाभावी जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे।
गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भू–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताए।
उनले भने, ‘आजसम्म कुनैपनि योजनाले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गरेको पाइएन। के हो स्थिति हाम्रोरु अमेरिकामा जसरी फलाइन्छ यहाँ पनि त्यसैगरी फलाउन सकिन्छ, सकिँदैनरु भारतमा जसरी गर्न सकिन्छ नेपालमा सकिन्छ कि सकिँदैनरु भन्ने विषयमा ध्यान गएको पाइएन। यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ। छलफल गर्नुपर्छ भन्ने मेरो विचार हो।ु
उनले नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने बताए। नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा देश बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको बताए।