२ भदौ २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
क्यानडाको- पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा परेको छ । त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।
तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर वरपरका क्षेत्रमा थप घरहरूमा क्षति गर्न सक्ने जोखिम छ । प्रान्तीय प्रमुख डेभिड एबीले परिस्थिति खराब बनेको र अत्यन्तै चुनौतीपूर्ण स्थितिमा रहेको बताउनुभएको छ ।
तीव्र गतिमा फैलिएको डढेलोले ६८ हजार हेक्टर जमिनमा क्षति गरेको छ । झण्डै ५ हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न भनिएको छ ।
यलोनाइफलाई खाली गर्न दिइएको समयसीमा आधिकारिक रुपमा सकिएको बीबीसीले जनाएको छ । क्यानडा यसवर्ष डढेलोको सबैभन्दा खराब अवस्थामा छ । विज्ञहरूले तापमान र सुक्खालाई यसको मुख्य कारक मानेका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?