४ भदौ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाको रुपमा सुरक्षित राख्नु पर्ने बताएका छन् ।
सोमबार स्वः प्रदीप गिरिको प्रथम स्मृति दिवसको अवसरमा आयोजित प्रजातान्त्रिक समाजवादका आयामहरु विषयक संवाद कार्यक्रममा सांसद झाले गिरिको आश्रम आफैमा धरोहर रहेको पनि बताए ।
उनले भने ‘काम गर्ने समयमा ढिला गरेपछि अन्त्यमा पछुताउनु बाहेक केही विकल्प हुँदैन । सिरहामा रहेको प्रदीप गिरीको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशाला र धरोहरुको रुपमा सुरक्षति राखौं ।’
सांसद झाले गिरिलाई बजारको कोलाहलबीच बन्द कोठाभित्र नभई उनले रोपेका बोटविरुवाहरु रहेको बगैंचाकाबीचमा सम्झिनु पर्ने पनि बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?