४ भदौ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले गठबन्धन सत्ता स्वार्थको लागि नभएको जिकिर गरेका छन् । सोमबार स्वः प्रदीप गिरिको प्रथम स्मृति दिवसको अवसरमा आयोजित प्रजातान्त्रिक समाजवादका आयामहरु विषयक संवाद कार्यक्रममा नेता पुनले सैद्धान्तिक कुराहरु मिलेर नै गठबन्धनको सरकार बनेको बताए ।
‘सैद्धान्तिक कुराहरु मिलेर नै हामी गठबन्धनको सरकारमा छौं । मात्र यो सत्ता स्वार्थको लागि होईन् । हामी फरक तरिकाले लड्यौं र शान्ति सम्झौता हुँदै संविधानसभामार्फत संविधान निमार्ण गर्न सांझा विन्दु बनायौं ।’ पुनले भने ।
माक्र्सवादलाई सबैले आफ्नो अध्ययनको विषय र आधार बनाउनु पर्ने र साझा विन्दुमा रहेर सहकार्य गरेर अगा िबढ्नु पर्ने पनि नेता पुनले बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?