बजाङ- बझाङ जिल्ला चैनपुर बजारको जिल्ला प्रशासन रोड, चौगाँउ टोलमा एकजना महिला र उनका २ छोराहरुलाई सुतिरहेको अबस्थामा चक्कु प्रहार भएको छ ।
१२ बजे राती को समयमा मुखमा माक्स लगाएर आएका अज्ञात समुहले चक्कु प्रहार गरि घाइते बनाएका छन् । साथमा रहेको (bio larvicide) मोबाइल पनि लिएको जनाइएको छ।
काठमाडौ रहेका श्रीमानले फेसबुक स्टाटसमा लेखेका छ्न, “यो कुरा को बिशेश अनुसन्धान गरि चाडो भन्दा चाडो दोसि लाई कडा कारबाही गर्न माग गर्द छु ।चैनपुर जस्तो सानो बजारमा पनि मान्छेहरु घर भित्र असुरक्षित हुने कुराले सबै टोल बासी त्रसित भएका छन । मेरो ब्याक्ती गत कोहि सङग पनि केही दुश्मनी छैन यदि मेरो व्यबहार बाट कसैलाई केही चोट परेको छ भने पिलिज म संग कुरा गर्न सकिन्छ परिवार संग नलाग्न विनम्र अनुरोध गर्छु । म अहिले काम को सिलसिलामा काठमाडौं रहेकाले बालबच्चा हरु सुतेको अबस्थामा यो घटना घटाएको छ अपराधी लाई चाडोभन्दा चाडो खोजी गरि कानुनी दायरामा ल्याइ कार्बाही को लागि जिल्ला प्रहरी कार्यालय बझाङ लाई अनुरोध गर्द छु । अन्यथा म आफ्नो परिवार को निम्ति जस्तो सुकै परिस्थितिको सामना र प्रतिकार गर्न तयार हुने छु ।”
यस्ता अपराध दिनानुदिन बढिरहेका छ्न, नागरिकहरु सुरक्षीत साथ बस्न पाउने प्रत्याभूत प्रशासन र सरकारले गरोस् ।