५ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने भएको छ ।
सोमबार राति करिब ८ बजेतिर इच्छाकामना गाउँपालिका–६नाम्सी पुल नजिकै पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको छ । राति देखि नै पहिरो पन्छाउन सुरु गरिएपनि थप पहिरो नखसे अझै ४ घण्टा लाग्न सक्ने जनाउँदै वैकल्पिक मार्ग प्रयोग गर्न सडक डिभिजन कार्यालय र प्रहरीले अनुरोध गरेको छ ।
सडक डिभिजनले मंगलबार आफ्नो फेसबुक पेजमा सूचना राख्दै पूर्ण रूपमा पहिरो पन्छाउन अझै समय लाग्ने भएकोले सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?