५ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् ।
मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गरे । प्रतिगमनलाई परास्त गरेको, संविाधन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको भन्दै उनले अगाडि भने, ‘हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएन ।’
सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भएपनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरु गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको अध्यक्ष नेपालले बताएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?