५ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- आजका लागि बोलाइएको संसद बैठकपनि बस्दै नबसी स्थगित भएको छ ।
संसद सचिवालयले, विशेष कारणले बैठक बस्न नसकेको सूचना निकालेर बैठक भोली सम्मका लागि सारेको छ ।
‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ संसद सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?