५ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले, पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार दिउँसो आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई शपथ खुवाएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल,उप–राष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे,वैधानिक अङ्गका प्रमुखहरू, न्यायाधीशहरू, लगायतका उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुख उपस्थित थिए ।
श्रेष्ठलाई संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएको थियो। उनले आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्ने छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?