काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डलाई भेटेका छन् ।
मंगलबार (आज) बिहान ८ बजे कोइराला र थापा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार उनीहरू ललिता निवास, सुन तस्करी प्रकरण लगायत सुशासनका सन्दर्भमा बाहिर आइरहेका कुरामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
सुशासनमा नचुकी सरकारले काम गरे हाम्रो पूर्ण साथ रहन्छ । यो वा त्यो नाममा कसैको अनुहार हेरेर सम्झौता गर्ने काम नहोस् । चाहे तपाईंको पार्टी होस् या अरू पार्टीको दोषीमाथि कारबाही हुनुपर्छ भनेर उहाँहरूले भन्नुभयो, स्रोतले भने ।
आम नागरिकलाई अहिले अलिकति सुशासन अगाडि बढ्लाकी भन्ने आशा रहेको उनीहरूको भनाइ थियो ।
तर, सरकार कुनै कुरामा सम्झौता गर्यो भने अहिलेसम्म गरेका सबै काम बेकार हो भन्ने पर्छ । लोकरिञ्याईँका लागि काम गरेको भन्ने हुन्छ । त्यसैले सरकारले दह्रोसँगै काम गरोस्, कोइराला र थापाको आशय थियो ।
उनीहरूले अगाडि भने,ूहामीलाई कतिपय कुरामा सम्झौता गर्न थालेको हो कि भन्ने भान हुन थालेको छ । यस्तो कुरा नहोस् ।ू