काठमाडौं- रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटना हुदाँ प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीलाई उदृतगर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
विमान दुर्घटनामा वागनरका सहसंस्थापक दिमित्री अतकिन पनि परेको बताइएको छ । दुर्घटनापछि आगो लागेको विमानमा सवार कोही पनि जिवित नरहेको बताइएको छ, तर वागनर प्रमुख सवार विमानमा कसैले आक्रमण गरेको हो वा प्राविधिक गडवडी हो भन्ने यकिन भइसकेको छैन ।
प्रिगोजिनको नेतृत्वमा वागनर सैनिकले रुसको तर्फबाट युक्रेनमा लामो लडाई लडेका थिए । विशेषगरी युक्रेनको खर्सोन क्षेत्रलाई नियन्त्रणमा लिन प्रिगोजिनको महत्वपूर्ण भूमिका थियो । त्यसपछि प्रिगोजिनको रुसी संस्थापनसँग मतभेद बढेको थियो ।
उनले दुई महिना अघि आफ्नो सैन्य समूह लिएर मस्को कब्जा गर्ने धम्की दिएका थिए ।