७ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ ।
सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमा संवाद गरेको पाइएपछि महानिर्देशक अधिकारीलाई मन्त्रालयमा तानिएको गृह मन्त्रालयले जनाएको छ । उहाँलाई मन्त्रालयको जगेडामा राखिएको छ ।
अधिकारी गएको फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक हुनुहुन्थ्यो । दावा छिरिङसँग अधिकारीको पटक पटक च्याट भएका सुन तस्करीका विषय जोडिएको स्रोतले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?