काठमाडौँ- गत असारमा आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम फिल्म ‘ह्यासट्याग माया’को दृश्यलाई समेटेर म्युजिक भिडियो निर्माण गरिएको छ ।
बिहीवार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको दृश्य समेटिएको ‘माया’ बोलको गीत सार्वजनिक गरिएको छ । भिडियोमा सारुकका साथमा निकिता आचार्य फिचर्ड छिन् ।राम अविरल विष्टको शब्द रहेको गीतमा एसडी योगीको संगीत र स्वर छ ।
यो गीत सुरुवातमा फिल्मका लागि तयार गरिएपनि सारुकको निधनपछि म्युजिक भिडियोका रुपमा सार्वजनिक गरिएको हो । निर्देशक राजीव गुरुङका अनुसार सारुकको अन्तिम कामलाई दर्शकमाझ ल्याउन फिल्मभित्रका दृश्यलाई समेटेर म्युजिक भिडियो तयार पारिएको हो ।
‘ह्यासट्याग माया’को छायाँकन नसकिँदै सारुक मृत भेटिएका थिए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.