काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित गौरा पर्व २०८० बिशेष कार्यक्रममा बोल्दै उनले देशको अवस्था र व्यवस्था फेरिएसँगै गौरा पर्वलाई पनि राष्ट्रिय पर्वका रुपमा मनाउँन आवश्यक बताए ।
उनले भने, ‘अब अवस्था फेरिएको परिस्थती फेरीएको छ । पूर्व प्रधानमन्त्री यहीँ हुनुहुन्छ । यसलाई राष्ट्रिय विधाका रुपमा हामीले मनाउँनुपर्छ किनकी सबैका संस्कृति मान्दा हाम्रो संस्कृति किन नमान्ने ?।’
उनले नेपाली भाषाको उत्गम स्थलको पर्व भएकाले यस पर्वमा राष्ट्रिय छुट्टीको माग गरे । उनले भने, ‘नेपाली भाषाको उद्गम स्थलको पर्व हो यो । नेपालभरी भाषा संस्कृति सिकाउनेको पर्व हो यो ।
त्यसैले हाम्रो पर्वमा राष्ट्रिय छुट्टी चाहिन्छ यो माग सबैले गर्न आवश्यक छ ।’
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.