७ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानून भन्दा माथि कसैलाई नराखेको भएतापनि व्यवहारमा त्यो नदेखिएको गुनासो गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले ललिता निवासको प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुको घरमै गएर बयान लिएको भन्दै उनले ठूलाबडाका लागि व्यवहारमा समान कानून नदेखिएको बताएका हुन् ।
उनले भने, ‘कानून भन्दा माथि बस्न संविधानले कसैलाई दिएको छैन तर व्यवहारमा भईरहेको छ । काठमाडौं ललिता निवास प्रकरणमा दुईजना पूर्व प्रधानमन्त्रीलाई घरमा गएर बयान लिने त्यो आम जनतालाई उपलब्ध हुन्छ कि हुँदैन् ? यो कस्तो कानूनी राज्य हो कि ठूलाबडाको लागि एउटा कानून र संविधान छ भनि पढ्न पाउँ ।’
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?