८ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार बस्दैछ।
बैठक साँझ ५ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। बैठकमा विषयगत समितिका सभापतिको निर्वाचन, पार्टीले संसदमा दर्ता गराएको संकल्प प्रस्ताव, संसदीय गतिविधि लगायतका विषयमा छलफल हुने उनले जानकारी दिए।
संसदीय समितिको सभापति चयनका लागि भदौ ११ गते निर्वाचन तोकिएको छ । सबै समितिका सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्षी नेकपा एमालेले भागवण्डा गरिसकेका छन् । चौथो ठूलो दल भए पनि रास्वपालाई एउटा पनि समितिको सभापति दिइएको छैन ।
यस्तो अवस्थामा समितिको निर्वाचनमा मतदानमा भाग लिने कि नलिने भन्ने विषयमा रास्वपाले छलफल गर्न लागेको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?