८ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
भोलि, शनिबारदेखि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले बैठकस्थल पुग्न समस्या भएको उनको भनाई छ । अर्को बैठकको मिति चाँडै तय गर्ने उनको भनाइ छ ।
मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो ।
२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?