काठमाडौँ- धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला परेका छन् ।
नवलपरासीको देवचुली नगरपालिका– ३ घर भई चितवको भरतपुर नगरपालिका–३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
श्रेष्ठका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–४ का २५ वर्षीय लादेन भन्ने बिनय गौतम र सिराहाको धनगढिमाई नगरपालिका–१ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन्।
पक्राउ परेका दुबै जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.