काठमाडौं- राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले, सत्तारुढ गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छिन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा, सांसद भगवती न्यौपानेले, देशलाई रुवान्डा बनाउने खेल भइरहेको र त्यसमा गठबन्धन नै संलग्न रहेको भन्दै आक्रोश पोखेकी छिन् ।
‘बहुजात बहुधर्म बहुसंस्कति नेपालीको जे पहिचान छ त्यो हाम्रो गर्व हो अभिसाप होइन जातिय सद्भावमा खलल पुग्ने् गरी जे गतिविधिहरु भैरहेका छन् । त्यो अत्यन्तै दुखद् छ । आज कोशीमा पहिचानका नाममा जातिय सद्भावमा खलल पुग्ने खालका गतिविधि भइहरेको छ । त्यसलाई उक्साउने काम गठबन्धनबाट भइहेको छ । त्यसलाई उक्साउने र अराजकतिर लैजाने काम भैरहेका छन् ।’ उनले भनिन् ‘मिलेर बसेका नेपालीहरुलाई जात जातका नाममा लडाँई गराएर यो देशलाई रुवान्डा बनाउन हामी चाहाँदैनौं ।’
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.