१० भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।
नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।
न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । तर चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका हुन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?