१० भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।
नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए ।
‘आज पहिलो चरणमा नक्सा हेरेर भत्काएका छौं, अन्य घरहरुले पनि सार्वजनिक जग्गा मिचेको सुचना छ, वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउँछौं’, उनले भने ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?