११ भदौ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोकिने भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज अटोमेसन प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने भएका छन् ।
आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो । अब भने ‘डिजिटल सिस्टम’ले नै मुद्दाको पेशी तोकिने छ ।
अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?