११ भदौ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री, मूख्यमन्त्री, मूख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।
बैठकमा योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले योजना आयोगको आगामी योजनाबारे आफ्नो धारणा राखेका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?