काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित हुनुभएको छ ।
समितिको आज सोमवारको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताउनुभयो । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
रास्वपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गर्नुभएकोमा उम्मेदवार खानले आफूले अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले नागरिकको पक्षमा काम गर्ने हुटहुटी रहेको र आफूलाई मत दिएर सभापतिमा चयन गर्न आग्रह गर्नुभएको थियो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.