काठमाडौं- प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । नेपालीको सोमबार बेलुका ८ः १० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिएका हुन् । लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित उनी गत असोज १२ गतेदेखि ओछ्यान परेका थिए ।
नेपालीलाई केही समय अघि नयाँ दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि राखिएको थियो । २००२ भदौ १९ गते जनकपुरधाम उपमहानगरपालिका–२३ को मध्यमवर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । त्यसपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुआत गरेका उनले विसं २०१५ मा जानकी नौमीमा कवितामार्फत साहित्ययात्रा सुरु गरेका थिए । २०१८ साल मंसिर देखि पत्रकारिता सुरु गरेका थिए ।
वरिष्ठ पत्रकार नेपालीको निधनमा नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका साथै पत्रकारसँग आवद्ध विभिन्न संघ संगठनले शोक विज्ञप्ति जारी गरेका छन् । नेपालीले नेपालको पत्रकारितामा पु¥याएको योगदानको चर्चा गरेका छन् ।