काठमाडौं- न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । आइतबार बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा शर्मालाई नियुक्ती गर्न पुनः सिफारिस गरेको हो ।
अघिल्लो वर्ष कायममुकायम प्रधानन्यायाधीश दीपकराज कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले २०७९ भदौ २१ गते जनकपुर उच्च अदालतका कामु मुख्य न्यायाधीश शर्मासहित तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित र नेपाल ल क्याम्पसका प्राध्यापक डीएन पराजुलीलाई सर्वोच्चमा नियुक्ति गर्न सिफारिस गरेको थियो।
तर, सरकारले निर्वाचनको घोषणा गरेसँगै उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन । जसले गर्दा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएर पनि उनीहरूको नियुक्ती हुन सकेको थिएन ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.